प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने
काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन् ।
चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षा आयोगका सदस्यसचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आयोग बैठकले यस्तो निर्णय गरेको हो ।
सिटिइभिटीबाट प्रमाणपत्र तहभन्दा तल सिएमए, अनमीजस्ता चिकित्सा शिक्षासँग सम्बन्धित कार्यालय सञ्चालन हुँदै आएका थिए ।
उनले विद्यार्थीले एसइई उत्तीर्ण गरेपछि सीधै स्टाफ नर्सलगायतका चिकित्सा शिक्षाका विषय अध्ययन गर्न पाउने व्यवस्था रहेकोले प्रमाणपत्र तहमुनिका कार्यक्रम पढ्न आवश्यक नरहेको बताए ।
‘प्रमाणपत्र तहमुनिका कार्यक्रम अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरेर सरकारी सेवामा समेत विज्ञापन हुन छाडेको छ,’ उनले भने, ‘एसइईपछि प्रमाणपत्र तहका कार्यक्रम पढ्न पाइन्छ र त्योभन्दा मुनि विज्ञापन नहुने भएपछि विद्यार्थीले पढ्ने, तर कामको अवसर नहुने भएपछि यस्तो व्यवस्था भएको हो ।’
आयोगको यो निर्णयसँगै सिटिइभिटीको कार्यक्रम सञ्चालन गरेका एक सय ३७ संस्थाका दुई सय ३८ कार्यक्रम बन्द हुने भएका छन् ।
सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार स्वास्थ्य शिक्षाका कार्यक्रम प्रत्येक वर्ष १० हजार विद्यार्थीले पढ्दै आएका थिए ।
उनले सिटिइभिटीले सरकारको निर्णय कार्यान्वयन गरेको, तर प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षा कार्यक्रम हटाइएपछि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पाउनेमा चुनौती थपिएको उनले बताए ।
अब विश्वविद्यालयका क्याम्पसले सञ्चालन गरेका प्रमाणपत्र तहको नर्सिङलगायतका कार्यक्रम बन्द हुने भएका छन् ।
विश्वविद्यालयका अन्य कार्यक्रम खारेज भएको वर्षौं हुँदा पनि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।
अब प्रमाणपत्र तहका सबै कार्यक्रम सिटिइभिटीबाट सञ्चालन हुने भएका छन् भने सिटिइभिीबाट सञ्चालन भएका प्रमाणपत्र तहमुनिका कार्यक्रम यसै शैक्षिक सत्रदेखि बन्द हुने भएका छन् ।
आयोगले स्नातकोत्तर तहको चिकित्सा शिक्षासम्बन्धी कार्यक्रमको सिटसमेत निर्धारण गरेको छ ।
प्रमाणपत्र तहमुनिका कार्यक्रम चलाएका संस्थाले स्तरोन्नति गर्न पाउने
राष्ट्रिय चिकित्सा ऐनको दफा १५ मा ऐन प्रारम्भ भएपछि परिषद्ले प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरू सञ्चालन नगर्ने उल्लेख छ ।
परिषद्ले सञ्चालन गरेको प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम हटाउने र तोकेको मापदण्डबमोजिम स्तरोन्तति गरिने उल्लेख छ ।
आयोगका सदस्यसचिव लुइँटेलले प्रमाणपत्र तहमुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाले तोकिएको मापदण्ड पूरा गरेमा मिल्दो विषयमा प्रमाणपत्रको कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाउने बताए ।
ऐन कार्यान्वयन भएको दुई वर्षभित्रमा स्तरोन्नति गर्न पाउने व्यवस्था भएकाेमा त्यसका लागि अझ केही महिना बाँकी रहेको छ ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
मध्यपश्चिम विश्वविद्यालयको ६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च...
-
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास,...
-
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिएका छन् । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवशरमा...
-
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: डेढ दशकमा पनि सरकारले राखेको साक्षरताको लक्ष्य अधुरै
काठमाडौं । सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...