ताजा समाचार

झापामा कोरोना संक्रमणबाट ८३ वर्षे वृद्धको मृत्यु

काठमाडाैँ ।  झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन ।

समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलसेसनमा राखिएको बताईएको ।

केर्खा बजार वरपर अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org