ताजा समाचार

भक्तपुरको गठ्ठाघरमा एक महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिला छिन्। गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो मृत्यु भएकी ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको मिजारले बताए।  मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको उनले जानकारी दिए। भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org