ताजा समाचार

चितवनमा एक महिलासहित दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवनमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा एक महिला र पुष्पाञ्जली अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मकवानपुर हेटौडाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।

पुष्पाञ्जली अस्पतालका प्रवन्ध निर्देशक सुजन अधिकारीले चितवनकै एक पुरुषको १० बजे निधन भएको पुष्टि गरे ।

महिला भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनी दम र निमोनियाको समेत बिरामी रहेको डा. लम्सालले जानकारी दिए ।

त्यस्तै पुष्पाञ्जलीमा मृत्यु भएका पुरुषको ९ गते कोरोना पोजेटिभ आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org