ताजा समाचार

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैँ । कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ ।

विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी  दिए ।

उनका अनुसार परीक्षाकाे मिति टुंगाे लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूकाे उच्च शिक्षा अध्ययन गर्ने बाटाे खुला गर्ने हिसाबले तयारी गरिरहेका छाैँ ।’

परीक्षाकाे माेडलबारे अन्याेल 

दसैँअगाडि नै परीक्षा लिने तयारी गरिरहेकाे बाेर्ड कुन माेडलमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे भने अहिलेसम्म अन्याेलमा छ  । एउटै काेठामा धेरै विद्यार्थीलाई राखेर परीक्षा लिन असम्भव हुने बाेर्डले जनाएकाे छ । ‘काेराेना त्रासका कारण पुरानाे माेडलबाट परीक्षा सञ्चालन गर्न असम्भव छ’, शर्माले भने, ‘अरू केकस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा हामी छलफलमै छाैँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org