ताजा समाचार

बंगलादेशी समकक्षी हसिनासँग फोन गरी प्रधानमन्त्री ओलीले गरे युरिया मल दिन अनुरोध

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी गरेका छन्।

कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि  अनुरोध प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका छन्।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल-बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेखेका छन्।

नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको  हाहाकार छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यसपालि ५० हजार मेट्रिक टन युरिया मल ल्याउन दुई कम्पनीसँग सम्झौता गरिएको भए पनि अहिलेसम्म उनीहरूले मल ल्याउन सकेका छैनन्।

टेलिफोन कुराकानीमा क्रममा प्रधानमन्त्री हसिनासँग दुई पक्षीय व्यापार, उर्जा र  ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org