ताजा समाचार

चीनले भन्योः सीमामा भारतीय सैनिक मारिएका छैनन्

काठमाडाैँ । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा सो कुरा बताएकी हुन् ।

लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएको मिडिया रिपोर्ट आएको थियो ।

रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन ।

२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।

यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org