ताजा समाचार

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडाैँ । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org