एक हजार २२८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा जना देशभरका विभिन्न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आज देशभरका १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६७१ जना र होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७४९ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश १ मा एक जना र प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ८१ जना छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।
मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ ।
बुधबार एक हजार १२० जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी एक हजार ११२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...