ताजा समाचार

मन्त्रिपरिषद् बैठक सकियो, अर्थमन्त्रीको बेलुकासम्म राजीनामा आउने

काठमाडाैँ ।  मन्त्रिपरिषद्को बैठक बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।  एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिए बताएका छन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org