ताजा समाचार

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९ जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्। संक्रमणबाट मोरङकी ४३ मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए

उनका अनुसार संक्रमणबाट पर्साका ७५, महोत्तरीका ७८, काठमाडौँका ४१, ५९, ६५ र रुपन्देही ४० वर्षीय पुरुषको पनि निधन भएको छ।

योसँगै निधन हुनेको संख्या २८० पुगेको प्रवक्ता गौतमले जानकारी दिए। आज देशभरमा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org