ताजा समाचार

चितवनमा बालबालिकासहित थप ३० जनामा कोरोना संक्रमण

काठमाडाैँ । चितवनमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट शनिबार राति प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्मका छन्। १० वर्षका एक बालक र एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ।

उनीहरू सबैको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको हो।

संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै २९ जना रहेका छन्।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालामा शनिबार राति कुल १३४ वटा नमुना परीक्षण गरिएको थियो।

चितवनमा कोरोना संक्रमितको संख्या ९८७ पुगेको छ। अहिलेसम्ममा कोरोना संक्रमण भएका ११ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org