ताजा समाचार

उपत्यकामा दशैँसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रजिअ

काठमाडाैँ । ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले दशैँसम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने बताएका छन्।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ।’

तिजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनको भनाइ थियो ।

ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको उनले बताए।  विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराए ।

उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org