ताजा समाचार

काठमाडौं उपत्यकाकाे नाकामा सेना परिचालन गर्न दिएकाे सुझाव सुनुवाई भएनः काठमाडौंका प्रजिअ दाहाल

काठमाडाैँ । काठमाडौंका प्रजिअ जनकराज दाहालले उपत्यकाको सिमा नाकामा जतिसुकै कडाई गरेपनि दैनिक लगभग २ हजार मानिस भित्रिने गरेको बताएका छन्।

आइतबार शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उनले भने, ‘नाकामा चाहेर पनि, नचाहेर पनि दैनिक २ हजार मानिस भित्रिन्छन् । भित्रिन नदिने हो भने काठमाडौंमा भोकमरी लाग्छ । खाद्यान्न आउन दिनपर्यो, अरु खानेकुरा आउन दिनपर्यो ।’

नाकामा सेनालाई परिचालन गर्नुपर्ने उनको भनाई थियो । प्रहरीले मात्रै सबै कुरा नियन्त्रण गर्न गार्हो हुने भएकाले नाकामा सेना परिचालन गर्नुपर्ने उनको भनाई थियो ।

त्यसका लागि सिसिएमसीलाई आफुहरुले सुझाब दिए पनि कार्यन्वयन नभएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org