ताजा समाचार

कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु, मृतक संख्या २८९ पुग्यो

काठमाडौँ । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै कोभिड–१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या २८९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा दुई जना महिला र सात जना पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौँका ६४, ६८ र ८२ वर्षीय पुरुष छन् । त्यसैगरी, चितवनका ७०, धनुषा ३५, पर्साका ७७ वर्षीय पुरुष, मोरङका ४५ वर्षीय पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मोरङकी ६४ र पा झापाकी ४५ वर्षीया रहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org