ताजा समाचार

वीर अस्पताल अब कोभिड विशेष

काठमाडौं । सरकारले मुलुकको जेठो अस्पताल वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार बिफ्रिङमा जानकारी दिए । उनका अनुसार वीर अस्पतालको नियमित स्वास्थ्य सेवा भने अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।

नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए ।

सरकारले विभिन्न शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षाका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई कोरोना रोकथाम तथा नियन्त्रणको काममा खटाउने भएको छ ।

यस्ता विद्यार्थीलाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्ब्य सेवा विभागले आवश्यकताअनुसार कोभिड १९ रोकथामका लागि स्वयंसेवकको रुपमा खटाउने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org