ताजा समाचार

भारत विश्वमा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा, एकै दिन ९० हजार संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ ।

ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो ।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यसैबीच, भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउनमा रहेको भारत लुजडाउनको नीतिमा गएपछि तीव्र गति कोरोना संक्रमण फैलिएको हो ।

भारत १ अर्ब ३८ जनसंख्या भएको देश हो ।

९० हजार ६३२ कोरोना संक्रमित एकैदिन देखिएको यो विश्वमै पहिलो पटक हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म भेटिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org