ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोना संक्रमित थपिए

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा गरिएको परीक्षणमा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगको छ।

गत २४ घण्टामा १ हजार ७३६४ जना निको भएर घर फर्किएसँगै कूल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ।

अहिले देशभर १६ हजार २५९ सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार ६९ जना संस्थागत आइसोलेसन र ७ हजार १९० जना होम आइसोलेसनमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org