ताजा समाचार

काठमाडौंमा २९१ सहित उपत्यकामा ३२६ संक्रमित थपिए,कुन जिल्लामा कति संक्रमित (विवरणसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org