ताजा समाचार

काठमाडौंमा ३०० सहित उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट ३९६ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा  ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा तीन सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको  छ ।

यसअघि सोमबार काठमाडौंमा २९३ जना, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org