ताजा समाचार

एमसिसी परिमार्जन गर्दै अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसिसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संशोधनपछि पारित गर्ने निर्णय गरेको हो।

यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर के-के विषय संशोधन गर्ने भन्ने छिट्टै निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org