ताजा समाचार

२४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।

नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा  ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org