ताजा समाचार

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३३६

काठमाडौं । पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

शुक्रबार र बिहीबार ५-५ जना र बुधबार र मंगलबार ६-६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार २०१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org