ताजा समाचार

बाह्रबिसे पहिरो अपडेट : मृतक सातै जनाको पहिचान खुल्यो, २४ अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ।

दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव भेटिएकाहरुमा ६२ वर्षिया भक्तीमाया श्रेष्ठ, २३ वर्षिया जुनु विक, २४ वर्षिय सुकलाल बिक, २४ वर्षका सन्देश बिक, ८ वर्षिया सर्किनी नेवार,   ६५ वर्षका धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा रहेका छन्।

पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकरी दिए।   नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए।

बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २ सय २२ घर जोखिममा परेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org