ताजा समाचार

अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट

काठमाडाैँ । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org