ताजा समाचार

काठमाडौंका मेयर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।

उनी श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै  बसेको बताएका थिए । यद्यपि उनी  सोल्टी होटलको आइसोलेसनमा बसेको महानगरपालिका स्रोत बताउँछ ।

शाक्यको सचिवालय स्रोतले उनी कोरोना  संक्रमणमुक्त भएको र केही  दिनमा नियमित काममा  फर्किने जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org