ताजा समाचार

चितवनमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु

काठमाडाैँ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ की ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि १५ भदौंमा अस्पतालमा भर्ना भएकी उनमा १७ भदौंमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

हालसम्म चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने दुई वृद्धाको घरमै मृत्यु भएको थियो ।

चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org