ताजा समाचार

केयुकेएल महांकाल शाखा भ्रष्टाचारीहरुको अखडा, भ्रष्टाचार गर्ने मरठ्ठा समुहलाई कारवाहि के ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकाल चौर शाखामा व्यापकरुपमा अनियमित काम गरि भ्रष्टाचार भएको समाचार छ ।

सरकारले सर्वसाधारण जनतालाई लकडाउन र निषेधाज्ञा लगायो । यहि समयको फाइदा उठाउँदै मौकामा चौका हाने केयूकेएल महाकाल चौरका उमेश मरठ्ठा समुहले । यस शाखाका अनियमितताका फेरस्तीहरुको चाङ हामिले प्राप्त गरेका छौ । कोरोना भाइरस (कोभिड–१९) मा अतिआबश्यक पर्ने कर्मचारीहरुका लागि चाहिने स्वास्थ्य सामाग्रि खरिदमा समेत व्यापक भ्रष्टाचार भएको भएको छ ।

यस शाखामा कार्यालय प्रमुख उमेश मरठ्ठा छन भने लेखा प्रमुखमा राजु कोइरालाले आफ्नो भुमिका निभाएका छन । उनले पनि आर्थिक चलखेल गरेर अनियमितरुपमा भएका कामको भुक्तानी दिई संस्थालाई हानि नोक्सानी पुर्याउने गरेका धेरै प्रमाणहरु छन । शाखालाई चाहिने कोरोना भाइरस रोकथामका पिपिई, मेडिकल माक्स, एन ९५ माक्स, सेनिटाइजर लगाएतका सामाग्री खरिदमा मात्र हैन १० रुपयाँको डटपेनलाई ३० रुपयाँको विल समेत कोइरालाले भुक्तानी गरेका छन । बजारमा ५ रुपयाँमा पाउने मेडिकल माक्सलाई २५ रुपयाँको विल भुक्तानी भएको समाचार स्रोतले दावी गरेको छ । एन ९५ माक्सलाई पहिलो लकडाउनमा ९ सय रुपयाँ र पछिल्लो निषेधाज्ञाको समय वरिपरीमा २ सय ५० रुपयाँमा खरिद गरेका छन । यसलाई अनियमितता र भ्रष्टाचार नभनेर के भन्ने ? सप्लायर्स प्रकाश लामिछाने, केशव पोख्रेल र खड्ग रिमालले केयूकेएलका शाखाहरुमा सामान सप्लाई र निर्माणका कामहरु गर्दै आएका छन । उनीहरुको केयूकेएलमा एक छत्र राज चल्दै आएको छ ।

यहाँ काम गर्ने ठेकेदारहरुले केयूकेएलका कर्मचारीहरुका अनियमित काम गरेका हरेक प्रमाणहरु शुरक्षीत राख्दै आएका छन । कुनै समयका रमाइला खानपिन र राशलिलाका तस्वीरहरु समेत ठेकेदारका मोवाइलमा कैद हुने गरेका तथ्यहरु समेत फेला परेका छन । पोख्रेल र रिमालले फिटिङ र स्टेशनरीका सामान सप्लाई गर्ने गरेको समाचार स्रोतको दावी छ । लामिछानेले टेण्डर र कुनै कुनै शाखामा कोटेशनमा सामान सप्लाई गर्दै आएका छन । उमेशहरुले खानेपानीका ठेकेदारहरुसँगको मिलेमतोमा परल भन्दा निक्कै धेरैमा समान खरिद गरेर आफ्नो आर्थिक हैसियत उकासे भने संस्था डुब्दो अवस्थामा छ । उमेश मरठ्ठा गोरखा निवासी हुन । मरठ्ठाले बालाजुमा आलिनशान बग्गला बनाएर छन । उनले खानेपानीमा अनियमितता र भ्रष्टाचार नगरिकन उनको इन्जिनियरको मासिक तलव भक्ताले घर कसरी निर्माण भयो सहज अनुमान लगाउन सकिन्छ ।

राजु कोइरालाले गौशलामा घर बनाएका छन । उनको जन्मस्थान सिन्धुलीको दुम्जा हो । हाल उनी ससुरालीको घरमा बस्दै आएका छन । उनी पनि खानेपानीमा लामो समयदेखि लेखामा बस्दै आएका लेखा अधिकृत हुन । मोदराज ओखलढुगाबाट आएका हुन । उनले गोर्कणमा सामान्य घर बनाएका छन । उनी भलै अरु भन्दा केहि इमान्दार कर्मचारी हुन । उनको सबै प्रक्रिाय पुगेर आएका सामानको स्टोर दाखिला र खर्च लेख्ने काम मात्र हुन्छ । समग्रमा उनको संस्थालाई धेरै हानि नोक्सानी पुर्याउने तहको अधिकार हुदैन । तर, पनि उनी यस समुहका एक सदस्य भने अबस्य हुन ।

सत्तासिन पार्टी निकट युनियनका अध्यक्ष नवलसिंह साउँद प्रशासन तथा खरिद प्रमुख हुन । उनको खरिदमा महत्वपूर्ण भुमिका हुन्छ । साउँद अछाम निवासी हुन । भलै उनले खानेपानीको जागिरबाट भक्तपुरको ठिमिमा महल निर्माण गरेर केयूकेएललाई गिज्याई रहेका छन । उनले पनि खानेपानीमा बसेर गरेको भष्टाचारले आफ्नो आर्थिक हैसित उकासेका छन । यूनियनका नेता भएर कमाउ र मालदार ठाउँमा घुमिघुमि बस्दै आएका छन । साउद मरठ्ठा समुहका भरपर्दा र राजनितिक पहुँच भएका कर्मचारी हुन । साँउदले यस शाखामा नेकपाका नेताहरुको पावर लगाएर सरुवा बढुवामा समेत ठुलै खालको दख्खल राख्ने गरेको समाचार स्रोतको दावी छ । उनी आफु अनुकुल नचल्ने कर्मचारीहरुलाई समेत अपाएक सरुवा गर्न दवाद दिन्छन । त्यसैगरि हेम बुढाथोकि, प्रवल बास्कोटा, भुमिराज दाहाल र रामचन्द्र साह पनि यहि समुहका महत्पूर्ण ठाउमा बसेर काम गर्ने कर्मचारी हुन ।

यस शाखामा नयाँ धारा जडान, पाइप लाइन मर्मत, मिटर जडान र नयाँ पाइप लाइन जस्ता काममा पैसाको व्यापक चलखेल हुने गरेको छ । त्यतिमात्र हैन धारामा पानी नआउने ग्राहकसँग पैसा असुल गरेर हिसाव किताव मिलाउने काम पनि यस शाखाबाट हुर्दै आएका छन । पाइप लाइनमा जेआई पाइपको स्टामेट बनाएर ठेकेदारसँग मिलेमतो गरि सिआई तथा एचडिपी पाइप जडान गरेर लाखौ खाने गरेका छन । जिआई पाइप भन्दा सिआई र एचडिपी पाइप घेरै सस्तो मुल्यमा खरिद गर्ने गरेको पनि बुझिन आएको छ । यस शाखामा भएका यस वर्षका सबै कामहरुको विषयमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पनि कर्मचारीहरुले माग गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org