ताजा समाचार

आईजीपी थापाले तोडे प्रहरी कार्यालयमा फोटो झुन्ड्याउने परम्परा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोडेका छन् ।

आईजीपी आफैंले प्रहरी कार्यालयमा आफ्नो तस्बिर झुन्ड्याउने इच्छा व्यक्त नगरेपछि हाल देशभरका प्रहरी युनिटमा आईजीपीको तस्बिर झुन्ड्याइएको छैन । प्रहरी प्रधान कार्यालयका विभिन्‍न कार्यालयमा समेत थापाको तस्बिर राखिएका छैनन् ।

यसअघि प्रत्येक आईजीपीको तस्बिर उनीहरुको कार्यकालभर देशभरका प्रहरी युनिटमा कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने, “यसअघि सचिवालयबाट कुन साइजको तस्बिर राख्‍ने भनेर परिपत्र नै जारी हुन्थ्यो । यसपालि त्यसो भएको छैन ।” थापा असार अन्तिम साता आईजीपी नियुक्त भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org