ताजा समाचार

काठमाडौंका उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ४८३ ,भक्तपुरका ८१ र ललितपुरका ३३ जना गरी ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org