ताजा समाचार

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैँ । मंगलबार देशभरको मौसम बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको मौसमविदले बताएका छन् ।

सोही कारण देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org