ताजा समाचार

भोलीदेखी सञ्चालन हुदैछ, चन्द्रागिरि केबलकार

'हामी पुर्ण रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सञ्चालन गर्न तयार छौंः महाप्रबन्धक शाहा

काठमाडौं । कोभिड १९ कोरोना भाइरसका कारण बन्द रहेको चन्द्रागिरि हिल्स असोज १ गते (भोली) देखी सञ्चालनमा आउने भएको छ ।

नेपालकै आर्कषक पर्यटकीय क्षेत्र  चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका हुन् ।

चन्द्रागिरी हिल्सकाका महाप्रबन्धक अभिषेक विक्रम शाहाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागु गरेर सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा रहेको बताए ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै  होटेल, रेष्टुरेन्ट असोज १ गतेदेखी सञ्चालन गर्न पाउने निर्णय गरेसंगैँ चैत्र ११ गतदेखि पूर्ण बन्द रहेको केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर भोलीदेखी सञ्चालन हुदैछ ।

महाप्रबन्धक शाहाले भने, 'हामी पुर्ण रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सञ्चालन गर्न हामी 
तयारी अवस्थामा छौं ।'

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप केवलकार सञ्चालनको तयारी गरिएको उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org