मन्त्री भट्टलाई नै प्याज व्यापारीले ठगेपछि…
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे ।
उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्न खोजे तर व्यापारीले सजिलै चिने ।
उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । त्यहाँ गएर सोध्नुस् न ।” त्यसपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क थियो । नजिकै सुरक्षाकर्मी पनि थिएनन् ।
मन्त्रीले प्याज किन्न गोजीबाट पैसा झिके । ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँसम्म व्यापारीले लिए । उनले एक पसलबाट मात्रै होइन, २/४ पसलबाट प्याज किने । मन्त्री भट्टले भने, “मैले ५०/६० किलोसम्म प्याज आफैंले खरिदें । उनीहरुले चिनेनन् । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । मैले स्थानीय प्रहरीसँग भने समन्वय गरेको थिएँ ।”
यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।
तर एकैपटक स्टक रहेको प्याज सकिने अवस्था नरहेको र सस्तोमा किनेको प्याज महँगोमा बेच्न थालेपछि आफू अनुगमनमा निस्किएको मन्त्री भट्टले बताए । अनुमगनका क्रममा बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...