ताजा समाचार

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्‍यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बिहीबार चारजनाको मृत्यु भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणकै कारण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org