ताजा समाचार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु , मृतकको संख्या ४०१

काठमाडौँ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org