ताजा समाचार

काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।                                                              विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org