ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड-१९ बारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्’ मन्त्री ज्ञवालीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org