ताजा समाचार

बिषम परिस्थितीमा बेसाहाराको साहारा लायन्स

काठमाडाैँ ।  लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि १ द्वारा राष्ट्रिय मृगाैला उपचार केन्द्र बालाजुलाई व्हिल चियर हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ नेपाल डिस्ट्रीक ३२५ बि १ अन्तर्गत क्लस्टर ६ का क्लस्टर चिफ लायन हीरा आचार्य रिजन १२ का रिजन चेयर पर्सन लायन दिपक खरेल जोन २३-२४ का जोन चेयर पर्सन लायन कुमार गुरुङ र माधव लामिछानेको संयुक्त प्रयासमा ३२ ओटा व्हिल चियर हस्तान्तरण गरिएको हो ।

आज राष्ट्रिय मृगाैला उपचार केन्द्र बालाजुमा एक कार्यक्रमकाबीच लायन्स क्लब अफ नेपाल डिस्ट्रिकका सिनियर ब्यक्तीत्वहरु राजन लम्साल, उदय नेपाल, महेन्द्र पौडेल र मणिश्री बज्रचार्यको उपस्थितीमा हस्तान्तरण गरियो ।

काठमाडाैँको दरवारमार्ग स्थित लोकप्रिय किङ्स लाउन्जाको सञ्चालक समेत रहेका जोन चेयर पर्सन गुरुङ्गले भनेः यो विश्वव्यापी महामारीको फैलिएको कोरोना कोभिड-१९ का कारण समस्यामा परेकालाई खाना खुवाउने, बाढीपहिरो पिडितलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने देखी ब्लड डोनेशन तथा बर्ष २०२०/२१ डिस्ट्रिक गभर्नर मान बहादुर रोक्का ज्यु को मुख्य कार्यक्रम नारा “nurture the future” कार्यक्रम अन्तरगत शिक्षा बाट बन्चित बालबालिकाहरु लाई पठन-पाठन सम्बन्धी शैक्षिक सामाग्रीहरु पनि बितरण गर्ने कार्य गरिरहेका छौ ।

हामी लायन्स भनेर बिषम परिस्थितिमा  सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र  आगामी दिनमा यस्ता सामाजीक निरन्तर लागी रहेने गुरुङ्गले बताए ।

फोटोः

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org