ताजा समाचार

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ कोरोना संक्रमित थपिएका छन् ।                             जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी ७५५ कोरोना संक्रमित थपिएका थिए ।

बुधबार काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१  र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org