ताजा समाचार

काठमाडौंमा ५८३ सहित उपत्यकामा ७२४ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरि काठमाडौं उपत्यकामा ७२४ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ भने कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org