ताजा समाचार

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं। आफ्नो घरमा कार्यरत एक जनामा कोरोना संक्रमण भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

उनी आजबाट सेल्फ क्वारेन्टाइनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

“प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम वहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफुलाई सेल्फ क्वारेन्टान गर्नु भएको हो,” निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनामा हालसम्म २ हजार १९७ जना कोरोना संक्रमण पुष्टी भइसकेको छ। संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने ५३९ जना निको भइसकेका छन्। अहिले नेपाली सेनामा उपचारत कोरोना संक्रमितको संख्या १ हजार ६५६ रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org