ताजा समाचार

कोरोनाबारे भ्रम फैलाउने व्यक्ति धरौटीमा छुटे

काठमाडाैँ । ‘कोरोना संक्रमितको अंग निकाल्ने गरिएको’ भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएपछि पक्राउ परेका व्यक्ति धरौटीमा छुटेका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले ५१ वर्षीय सुवाससुब्बा लिम्बूलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईका अनुसार उनी पाँच हजार धरौटी बुझाएर छुटेका हुन्।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले भदौ २२ गते बिहान नख्खुपोटबाट पक्राउ गरेको थियो।

उनलाई प्रहरीले ‘आफ्नो अन्तिम विकल्प’ भन्ने कार्यालयबाट पक्राउ गरेको हो। उनले युट्युबमा आफू डाक्टर भन्दै अभिव्यक्ति दिने गरेको र कोरोना संक्रमितको अंग निकाल्ने गरिएको भनदै भ्रम फैलाएका थिए।

उनीविरूद्ध प्रहरीले अफवाहविरुद्धको कसुरमा अनुसन्धान थालेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org