ताजा समाचार

एक हजार ५७३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५७३ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

शनिबार देशचर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org