ताजा समाचार

डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन

काठमाडाैँ । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ ।

डा. केसीका समर्थकले उनका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन माइतीघरमा दीप प्रज्ज्वलन गरेका हुन् ।  उनीहरूले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

जुम्लामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो ।

उनले टिचिङ अस्पतालबाट आफ्नो अनशन जारी राखेका छन् । मेडिकल क्षेत्रका विकृतिविरूद्ध आवाज उठाउँदै आएका डा. केसीको यो १९औँ अनशन हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org