ताजा समाचार

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४९१

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो ।

आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org