ताजा समाचार

भारतले कोरोना संक्रमित र मृतकको तथ्यांक लुकायो : ट्रम्प

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा कोरोना भाइरसबाट संक्रमित तथा ज्यान गुमाउनेको संख्या लुकाइएको आरोप लगाएका छन्।

कोरोना महामारीलाई लिएर यसअघि चीनविरुद्ध खनिएका र क्वाड गठबन्धनमा भारतलाई सरिक गराएका ट्रम्प यतिखेर भारतविरुद्ध नै खनिएका हुन्।

राष्ट्रपतीय चुनावका दौरान ट्रम्प बुधबार आफ्ना प्रतिष्पर्धी जो बाइडनसँग स्वास्थ्य, न्याय, नस्लीय भेदभाव र अर्थव्यवस्थाजस्ता अलग–अलग मुद्दाहमाथि बहस गरिरहेका थिए। ट्रम्पले अमेरिकामा भन्दा भारत, रुस र चीनमा धेरै संक्रमितको मृत्यु भएका, तर वास्तविक आंकडा लुकाइएको बताएका बीबीसी हिन्दीमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org