ताजा समाचार

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् ।

रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । सरकारले आय कर छली गर्ने व्यक्ति शंकरदास बैरागीलाई  मुख्यसचिव बनाउन लागेको छ ।

अहिले नेपाल सरकारको सचिवका रुपमा परराष्ट्र मन्त्रालयमा कार्यरत शंकरदास बैरागी विदेशस्थित नियोगमा कार्यरत रहँदा वैदेशिक भत्ताको २५ प्रतिशतमा लाग्ने पारिश्रमिक कर नतिरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा अहिले पनि सुरक्षित छ ।

‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउँदा कर्मचारीको मनोबल, प्रशासनिक स्वच्छता, तटस्थता र निष्पक्षताका नारा सबै खत्तम हुने एक पूर्वमुख्यसचिवको ठहर छ ।

मन्त्रिपरिषद् पुनर्गठनअघि नै उनलाई मुख्यसचिव बनाउने मनस्थितिमा प्रधानमन्त्री रहनुभएको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org