ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारीः बैरागीलाई मुख्यसचिव र रेग्मीलाई राजदूत नियुक्ति गरिदै

काठमाडाै । मुख्यसचिव र राजदूत नियुक्तिको प्रस्ताव गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक  जारी छ ।

मन्त्रिपरिषद्ले आजै सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने र हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त राज्य वेलायतका लागि राजदूत नियुक्त गर्ने प्रस्ताव गर्न लागेको स्रोतले जानकारी दियो ।

मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए ।

आइतबारको जस्तै हिजो राति मन्त्रीहरुलाई मन्त्रिपरिषद्को सचिवालयले आकस्मिक रुपमा आजको बैठकबारे खबर गरेको थियो ।

बालुवाटार स्रोतका अनुसार आइतबारकै बैठकमा विभिन्न मन्त्रालय टुक्राउनका लागि तयार पारिएको प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गर्दैछ ।

सम्बन्धित समाचारः 

मुख्य सचिव रेग्मीले दिए राजीनामा

‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउदै सरकार

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org