ताजा समाचार

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना पोजेटिभ देखिएको छ ।

सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कोभिड–१९ संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् । यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org