ताजा समाचार

ढोरपाटनको बाढीपीडित उद्धार कोषमा प्रभु बैंकको ५ लाख सहयोग

काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिकाको बाढीपीडित उद्धार कोषमा प्रभु बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरको बाढीपिडित उद्धार कोषमा रहने गरी ५ लाख सयहोग गरेका हुन्।

ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा अविरल वर्षासँग आएको बाढी पहिरोमा परी ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र करिब सय घरमा बाढीका कारण क्षति पुगेको छ।

जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतले निरीक्षणसमेत गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org